"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

Gulmi News



Your Ad Here


दुई सय रुपैयाँको लोभ गर्दा ....


मोबाइल सिम बिक्रेता दुई सयको लोभमा पर्दा ठूलो फन्दामा परेका कपिलवस्तुमा भएको एउटा घटनाले पुष्टी गरेको छ ।
गत मंसिर पहिलो साता कपिलवस्तुमा दूधे बालकको अपहरणकारीले प्रयोग गरेको सिमका कारण ब्यापारी ठूलो फन्दामा परेका हुन् pura padnuhos

 

विहीवारदेखि लागेको आगो नियन्त्रणमा




 पी.एम.मगर
गुल्मीको पश्चिम क्षेत्रमा रहेको मर्भुङ गाविस स्थित टप सामुदायिक वनमा विहिवारदेखि लागेको आगो आज अपरान्हदेखि नियन्त्रणमा आएको छ । read more

 वेवारिसे शव फेला

 पी.एम.मगर

गुल्मी र वाग्लुङ्गको सिमानामा पर्ने दरमखोलाको किनारमा अन्दाजी ५० वर्षीय एक पुरुषको वेवारिसे शव फेला परेको छ । पुरा पढ्नुहोस् -





श्रीमतिको हत्यारालाई र्पुपक्षका लागि जेल चलान

 केही दिन अघि श्रीमति कुटेर मारेको कसुरमा प्रहरी हिरासतमा रहेका गुल्मीका एक व्याक्तिलाई जेल चलान गरिएको छ । 

गत कार्तिक २२ गते राती श्रीमति हरीकला कुमाललाई कुटेर मारेको कसुरमा जिल्ला प्रहरी कार्यालय गुल्मीवाट पक्राउ परेका वडागाउँ गाविस वार्ड न १ दोभान निवासी ४० वर्षीय गोकुल कुमाल मुद्दा पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा चलान भएका हुन् । पुरा पढ्नुहोस् -


श्रीमानको हत्या पछि परिबारको विचल्ली

 गगनशिला खड्का
केही महिना अघि अज्ञात समुहद्धारा भारतको दिल्लीमा हत्या गरिएका गुल्मीका एक व्यक्तिको हत्यारालाई न त भारत सरकारले हाल सम्म पक्राउ गर्न सकेको छ, न त उनले काम गर्ने कम्पनीवाट उनका परिवारजनलाई क्षतिपूर्ति दिलाउने तर्फ पहल गरेको छ ।

(२०६७ म‌सिर १०, शुक्रवार
हातपातको विरोध
पुर्कोटदह
गगनशिला खड्का
गाविस सचिब हकहित संरक्षण केन्द्र, गुल्मीका सचिब तथा पुर्कोटदह गाविसका गाविस सचिब विष्णु बहादुर घर्तीमाथी एकिकृत नेकपा माओबादीका कार्यकर्ताहरुले गरेको हातपातको विरोधमा बिहीवार गाविस सचिब हकहित संरक्षण केन्द्र गुल्मीले प्रेश विज्ञप्ती प्रकाशित गर्दै घोर भत्र्सना गरेको छ । aru padna click garnu 
    मंसिर ४ गते कपिलवस्तुको चनईबाट अपहरणमा परेका २  वर्षे बालक दीपेन्द्र जिसीलाई प्रहरीले आज परिवारलाई हस्तान्तरण गरेको छ ।

पाँच दिनअघि कपिलवस्तुको चनईबाट अपहरित दुई वर्षिय बालक दीपेन्द्र जिसीलाई प्रहरीले बुधबार साँझ अर्घाखाँचीस्थित पत्थरकोट जंगलबाट सकुशल उद्दार गरेको थियो । aru news, padna click garnus







अर्घाखाँचीको खनदहमा बाख्राले ७ बच्चा जन्माएपछी पाठापाठी हेर्न जानेको घुईचो






(२०६७ म‌सिर १९, आइतवार)
प्रेमनारायण आचार्य

yes pachiko bhag>>>>
अर्घाखाँची १९ मसिर - अर्घाखाँचीको खनदह गाविसमा एउटा बाख्राले ७ वटा पाठा पाठी जन्माएपछि हेर्न जानेको घुईचो लागेको छ ।

च्याउ खेती सम्बन्धी तालिम सपन्न

गुल्मीको बडागाउँ गाविस वडा नं. १, दजाकोटमा च्याउ खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न गाविसमा आय आर्जन सम्बन्धि च्याउ खेती तालिम सम्पन्न कार्यक्रम सञ्चालन गर्दै आएको लिवर्ड नामक संस्थाको प्राविधिक सहयोगमा गाउँ सुधार समिति बडागाउँको दजाकोटले सञ्चालन गरेको कन्या जातको च्याउ खेती तालिममा दजाकोटका ३६ जना महीलाहरुको सहभागिता रहेको थियो । त्यहाँका महीलाहरु गत केहि वर्षदेखि परम्परागत खेती भन्दा बढी मात्रामा प्रयोगात्मक आधुनिक र नगदेवाली तर्फ आकर्षित हुँदै आएका छन् । सोहि क्रममा व्यवसायिक च्याउ खेतीगर्ने तयारीमा जुटेका दजाकोटका महीलाहरुले भविष्यमा च्याउ खेतीबाट मनग्य आम्दानी लिने अपेक्षा राखेका छन् । तालिम सो संस्थाका प्राबिधिक चन्द्रमान तामाङ्गले दिनुभएको थियो ।






यस वर्षगुल्मीमा १५ टन कफी वृद्धि

 राष्ट्रिय कफी दिवसको अवसरमा जिल्ला सहकारी संघ गुल्मीले एक समारोहको आयोजना गरी गत वर्षको तुलनामा यस वर्षगुल्मीमा झण्डै १५ मेट्रिक टन कफी उत्पादनमा वृद्धि आएको वताएको छ ।
सदरमुकाम तमघासको लांकुरीमञ्चमा आयोजीत राष्ट्रिय कफी दिवस विशेष समारोहमा संघका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला उपाध्यक्ष शेषकान्त गौतमले विगतका वर्षरुमा वाषिर्क ७० देखि ७५ मेटि्रक टन कफी उत्पादन हुंदै आएकोमा यस वर्ष ९० मेट्रिक टन कफी उत्पादन भएको र करिव १० मेटि्रक टन घरेलु वजार नेपालमा खपत भएको, ८० मेट्रिक टन कोरिया, जापान लगायतका विदेशी वजारहरुमा निर्यात गरिएको जानकारी गराउनुभएको थियो ।
त्यस्तै समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले गुल्मी जिल्लालाई कफी जिल्लाको रुपमा देश विदेशमा चिनाउंन पाईएकोमा आफु पनि गुल्मी जिल्लावासी भएको नाताले गर्भ महसुस भईरहेको र प्रशासनको तर्फाट हुन सक्ने सहयोगका लागि आफु सदैव प्रतिवद्ध रहेको उद्घोष गर्नुभएको थियो ।
देशमै कफी उत्पादनमा गुल्मी जिल्ला अग्रस्थानमा मात्रै नभई २०५५ सालदेखि गुल्मीको जोहाङ्ग खैरेनीमा देशकै सवैभन्दा ठुलो कफी प्रशोधन केन्द्र समेत सञ्चालनमा आएको छ । गुल्मीको कफी खेतीको इतिहांसलाई पल्टाएर हेर्दा आंपचौर निवासी हिरा गिरीलाई संझिनै पर्ने हुन्छ । उहांले सन १९९५ मा वर्मावाट कफीका विरुवा ल्याई आंपचौरमा व्यावसायिक कफी खेतीको शुरुवात गर्नु भएको हो ।


बलात्कारको अभियोगमा पक्राउ

बलात्कारको प्रयास गरेको अभियोगमा गुल्मी प्रहरीले एक २० बर्षिय युवकलाई पक्राउ गरेको छ ।
भार्से गाविस १, भैँसेबाट बलबहादुर रानालाई इलाका प्रहरी कार्यालय शान्तिपुरले पक्राउ गरेको हो । रानाले तिन साता अघि बुटवलबाट घर र्फकदै गरेकी एक युवतीलाई भार्से काफलारुखमा साँझ ७ बजे बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।
युवतीको उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताए । युवकले बलत्कार प्रयास गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

चकलेटमा नसालु पदार्थ मिसाई खुवाइ लुटपाट गर्ने पक्राउ

चकलेटमा नसालु पदार्थ मिसाई खुवाएर नगद तथा मोवाइल लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी अमरपुर– २ घर भएका २४ बर्षीय बाबुराम कुमाल read more>>>>

भब्यताका साथ स्वर्ण महोत्सब मनाउँदै


आदर्श उच्च माध्यमिक विद्यालय दिगामकोट गुल्मीले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ । यस ऐतिहासिक अवसरमा विद्यालयको स्वर्ण महोत्सव एक हप्तादेखि विशेष कार्यक्रमका साथ भइरहेको छ ।

The next...