"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

अर्घाखाँचीस्थित पत्थरकोट जंगलबाट सकुशल उद्दार गरिएका दुई वर्षिय कपिलवस्तुका बालकको परिवारलाई हस्तान्तरण

अर्घाखाँचीस्थित पत्थरकोट जंगलबाट सकुशल उद्दार गरिएका दुई वर्षिय कपिलवस्तुका बालकको परिवारलाई हस्तान्तरण            (२०६७ म‌सिर १०, शुक्रवार)


Photo8
 
मंसिर ४ गते कपिलवस्तुको चनईबाट अपहरणमा परेका २  वर्षे बालक दीपेन्द्र जिसीलाई प्रहरीले आज परिवारलाई हस्तान्तरण गरेको छ ।
 
पाँच दिनअघि कपिलवस्तुको चनईबाट अपहरित दुई वर्षिय बालक दीपेन्द्र जिसीलाई प्रहरीले बुधबार साँझ अर्घाखाँचीस्थित पत्थरकोट जंगलबाट सकुशल उद्दार गरेको थियो ।
अपहरणको पाँच दिनपछि उद्धार गरिएका बालक दीपेन्द्रको हिजै बुटवलमा स्वास्थ्य परीक्षण गरिएको थियो। प्रहरीले अपहरणमा संलग्न तीन जनालाई पनि पक्राउ गरेको छ।
 
प्रहरीले आज पत्रकार सम्मेलन गरी बालक दीपेन्द्रलाई परिवारको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीषक दानबहादुर कार्कीले जानकारी दिनुभयो।
 
बालक अपहरण गर्ने गुल्मी सिमलपानीका प्रकाश पौडेल र पुर्कोटदहका कृष्ण थापा तथा प्यूठानका नगेन थापाले पैसाका लागि बालक दीपेन्द्रको अपहरण गरेको स्वीकार गरेका छन्।
 
अपहरणकारीले दीपेन्द्रका बाबु माधवलाई फोन गरी फिरौतिबापत २० लाख रुपैयाँ माग गरेका थिए। अन्तिममा सात लाख दिने सहमति भएको थियो। फिरौति लिने क्रममा उनीहरु पक्राउ परेका हुन्।
 

No comments:

Post a Comment

The next...