"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

कतार» चन्द्रशेखरले नयाँ जीवन पाए


दोहा, पुस ८ - हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका एक नेपालीको कतारमा नयाँ जीवन पाएका छन् । कतारको सर्वोच्च अदालतले डिसेम्बर २० मा गरेको फैसलाअनुसार सिरहाको बेलहा-७, लक्ष्मीनियाका  ४० वषर्ीय चन्द्रशेखर यादव मृत्युदण्डबाट जीनवदान पाएका हुन् ।
सवोच्चको फैसलाअनुसार उनलाई मृत्युदण्डको सजाय घटाएर अब १५ वर्षको कारावास सजाय तोकिएको छ । जसमध्ये उनले ७ वर्ष बिताइसकेका छन् भने बाँकी ८ वर्ष भुक्तान गर्नुपर्ने हुन्छ । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले सर्वोच्चको फैसलाबाट चन्द्रशेखरले जीवनदान पाएको बताउँदै बाँकी कैद माफीका लागि पनि एमनेस्टीले अनुरोध गर्ने जनाएका छन् ।
कतारमा लामो समय जेल सजाय भुक्तान गरेकालाई सरकारले रमजानको बेला आममाफी दिनेसमेत गरेको छ । 'सास भएसम्म आस हुन्छ भनेर निरन्तर लडिरह्यौं र आज उनी मृत्युदण्डबाट जोगिएकोमा हामी हषिर्त छौं,' राजदूत मिश्रले कान्तिपुरलाई भने, 'अब उनको क्षमादानका लागि पनि आग्रह गर्छौं ।' 



इन्डोनेसियाली एक युवतीलाई हत्या गरेको अभियोगमा चन्द्रशेखर र दुई भारतीय नागरिक २००३ देखि कतारको कारागारमा छन् । अदालतले भारतीय नागरिकहरू श्रीधरण मणिकान्तन र महादेवन उनीकृष्णणलाई आजीवन कारावासको सजाय तोकेको छ । आजीवन कारावासको लागि २५ वर्ष भुक्तान गर्नुपर्ने हुन्छ । ट्याक्सीचालक पेसमा संग्लन मणीकान्तन र उनीकृष्णण पनि मृत्युदण्डबाट बचेका छन् । हत्या अभियोगमा थुनामा परेका एक नेपाली बुद्धिमान गुरुङ दुई वर्ष जेल र दुई हजार रियाल जरिवाना तिरेर पहिले नै स्वदेश फर्किएका थिए ।
हत्या अभियोग लागेका तीनजनालाई कतारको तल्लो अदालतले २००६ नोभेम्बर ३० मा मृत्युदण्डको फैसला सुनाएको
थियो । उनीहरूलाई ती इन्डोनेसियन युवतीलाई हत्या गरी बक्रा तटमा फालेको अभियोग लागेको छ । ती इन्डोनेसियन युवती हाउसमेड भएको भनिए पनि को हुन् भन्ने अझैसम्म स्पष्ट भएको छैन । अभियुक्तहरूले उनलाई जबर्जस्ती यौनक्रियाकलापमा लगाउन खोजेर हत्या गरेको आरोप लागेको थियो । 








कतार»

चन्द्रशेखरले नयाँ जीवन पाए

अरब ब्युरो संवाददाता

No comments:

Post a Comment

The next...