"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

यौन जिज्ञासा र समाधान 

के उनले यौन इच्छा यौनसम्पर्कको अन्तिम समयसम्म देखाउन सक्दिनन् ?


प्रश्नः म २८ वर्षीय विवाहित युवक हुँ । मेरो विवाह भएको छ महिनाजति भयो । मेरी श्रीमतीको उमेर २२ वर्ष छ । हाम्रो यौनसम्पर्क सातामा दुई-तीन पटक सफल हुन्छ, धेरै पटकको प्रयासपछि ।  श्रीमतीसँग यौन क्रीडा हुँदा धेरै पोल्ने भएकाले हाम्रो यौनजीवन भनेजस्तो हुन सकेको छैन । उनको अनुहारमा धेरै पीडा देखेर बीचैमा यौनसम्पर्क तोड्नुपर्ने हुन्छ । हाम्रो पहिले कसैसँग सम्बन्ध थिएन र  हामीलाई यौनरोग छ जस्तो पनि लाग्दैन । म यौनसम्पर्कका लागि एकदमै इच्छुक हुन्छु, तर मेरी श्रीमती पीडाका कारण त्यति इच्छा देखाउँदिनन् । यौनक्रीडा गर्दा उनको योनिको माथिको भाग -योनि र  नाइटोबीच) फुलेको देखिन्छ । उनी यो कुरामा डाक्टरकहाँ जान पनि अप्ठ्यारो मान्छिन् । हामी एक-अर्काप्रति इमान्दार छौं । त्यसैले पनि म यौन सन्तुष्टिका लागि अन्त धाउँदिनँ । म उनीबाट मात्र यौन  सन्तुष्टि लिन चाहन्छु । के उनमा वा ममा कुनै यौनरोग त छैन ? के हामीले पारिवारिक सम्बन्धजस्तै यौनसम्बन्धलाई प्रगाढ बनाउन सक्दैनौ ? के उनले यौन इच्छा यौनसम्पर्कको अन्तिम समयसम्म देखाउन  सक्दिनन् ?  






उत्तरः यौनसम्पर्क कति ? 

व्यक्तिअनुसार यौनचाहना फरक भएजस्तै उनीहरूको यौन क्रियाकलापमा संलग्नता पनि फरक-फरक हुन्छ । यो स्वाभाविक कुरा नै हो । यौनसम्पर्कको सन्दर्भमा पनि कसैले धेरै पटक यौनसम्पर्क राख्छन् भने  कसैले थोरै । आफू तथा आफ्नो यौनजोडीलाई असजिलो नहुने स्थितिमा चाहेजति यौनसम्पर्क गर्न सकिन्छ, तर पनि सामान्यतः व्यक्तिले कति यौनसम्पर्क गर्छन् भन्ने सन्दर्भमा कुरा गरौं ।

मानिसहरू सामान्यतः सातामा यस्तै २ दशमलव ५ पटक यौनसम्पर्क राख्छन् । नवविवाहित जोडीले अलि धेरै सम्पर्क राख्छन् । सामान्यतः विवाह गरेको पहिलो वा दोसो वर्षसम्म एक दिन -२४ घण्टा) मा  एकपल्ट सम्पर्क राखिएको पाइन्छ । त्यसपछि भने यो क्रम सातामा २ देखि ३ पटकमा र्झछ अनि वयस्क जीवनको लामो समयसम्म रहन्छ । विस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा अझ कमी आउँछ ।

किन श्रीमतीले यौनसुख प्राप्त गर्न नसकेको ?

यौनसम्पर्क थालेपछि पुरुषलाई चरमसुखसम्म पुग्न लाग्ने समय र महिलालाई लाग्ने समयमा केही फरक हुन्छ । विख्यात अध्ययनकर्ता किन्सेले गरेको अध्ययनअनुसार पुरुषहरू सामान्यतः लिङ्ग योनिमा प्रवेश  गराएको यस्तै २ मिनेटमा चरमसुखको स्थितिमा पुग्छन् । उनका अनुसार महिलाको हकमा यो समय अलि बढी नै छ । यौनसम्पर्क गरेर चरमसुखको स्थिति प्राप्त गर्न महिलालाई यस्तै १० देखि २० मिने टसम्म लाग्न सक्छ । हस्तमैथुन गर्दा भने यो समय निकै कम हुन्छ । महिलाले यस्तै चार मिनेट भन्दा कम समयमै चरमसुख प्राप्त गर्छन् । 

कतिपय व्यक्तिलाई पुरुष तथा महिलामा हुने फरक थाहा हुँदैन । त्यसैले पुरुषले लिङ्ग पसाएर नै यौनसम्पर्कको सुरुवात गर्छन् । यसो गर्दा महिलाहरू राम्रोसँग उत्तेजित हुन पाएका हुँदैनन् र योनिरस पनि पयार् प्त मात्रामा नआएको हुनसक्छ । विशेष गरेर आफूले यौन चरमसुख प्राप्त गर्न सक्ने स्थिति भएन भने त्यसमा रुचि वा उत्साह पनि कम हुनसक्छ ।

किन पोलेको होला ?

हुनत यौनसम्पर्क एक आनन्ददायक क्रियाकलाप हो, तर सबै यौनसम्पर्क सुखमय नहुन सक्छ र यस्तो पुरुष वा महिला दुवैमध्ये जसलाई पनि हुनसक्छ । अब महिलाका लागि यौनसम्पर्क किन पीडायुक्त हुन्छ  भन्ने विषयमा केही कुरा गरौं । यसो हुनुका कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ । यौनरोग नै नभए पनि प्रजनन अङ्गको त्यसमा पनि विशेष गरेर योनि तथा त्यसवरिपरिका अङ्गमा संक्रमण हुन  सक्छ । अर्को महत्वपूर्ण कारण योनि सुख्खा हुनु हो । यस्तो  स्थितिमा यौनसम्पर्क गर्दा विशेष गरेर पोलेको अनुभव हुन सक्छ ।

त्यसैगरी यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ । विशेष गरेर भयातुर वा डरका कारण यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको  संकुचित हुन्छ र कडा पनि । यस्तो बेलामा यौनसम्पर्क पीडायुक्त हुन्छ । अंगे्रजीमा यस किसिमको अवस्थालाई ख्बनष्लष्smगक भनिन्छ । तपाईंको पत्रमा भएको सीमित जानकारीका आधारमा यसै भन्न  नसकिए पनि पर्याप्त योनिरस नआई यौनसम्पर्क भएको हो कि भनेर शंका गर्न सकिन्छ । योनि पोल्नुले पनि त्यसैलाई संकेत गरिरहेको छ ।





समाधानका लागि कुनै भय वा तनाव छ भने त्यसलाई कम गर्ने प्रयास गर्नुपर्‍यो । गर्भ रहने भय नहोस् भनेर भरपर्दो उपाय त प्रयोग गर्नुभएकै होला । यसका लागि श्रीमतीसँग सहज वातावरणमा कुराकानी  गर्नुहोस् र त्यस्तो केही भए त्यसलाई हटाउने प्रयास गर्नुहोस् । यौनसम्पर्कका बेला योनि सुख्खा भएर दुख्ने समस्या कम गर्न थप चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । पानीमा आधारित चिप्लोपदार्थ जस्तै KY Jelly प्रयोग गर्नुपर्छ ताकि कन्डमलाई कुनै क्षति नपुगोस् । कतिपयले थुकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्ने गरेका हुन्छन् ।

सामान्यतः भग (योनि) क्षेत्रमा प्रशस्त रक्तप्रवाह हुने भएकाले यौन उत्तेजित हुँदा केही फुलेको हुन्छ नै, तर तपाईंले भन्नुभएजस्तो योनि र नाइटोको बीचमा फुलेको कुरा अलि स्पष्ट भएन । थप जानकारीसहित पत्र लेख्नुभए जवाफका लागि प्रयास  गर्ने थियौं ।

यौनसन्तुष्टिका लागि अरूकहाँ नधाउने कुरा

तपाईंको अरूतिर नधाउने कुरा पक्कै उत्तम विचार हो र सम्बन्धभित्र नै सुख प्राप्त गर्न सकिने उपाय गरिनुपर्छ भन्ने कुरामा म सहमत छु । तपाईंहरूले आपसमा खुलस्त कुरा गरेर समस्याको पहिचान गरी  त्यसलाई न्यून गर्ने प्रयास गरे पक्कै यौनजीवनलाई प्रगाढ र सुखमय बनाउन सक्नुहुन्छ । आवश्यक परे चिकित्सको सहयोग पनि लिनुपर्छ । तपाईंहरू सुखमय यौन सम्बन्धका लागि शुभकामना ।



No comments:

Post a Comment

The next...