"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

भट्टराई संसदीय दल बैठकमा गएनन्

    गंगा बीसी
    काठमाडौ, पुस ३ -
    माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच नयाँ गठबन्धन भएको र आफूले फरक मत राखेको भोलिपल्ट शनिबार संसदीय दलको बैठकमा अर्का उपाध्यक्ष बाबुराम भट्टराई उपस्थित भएनन् ।

    अघिल्लो दिन अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनप्रति 'नोट अफ डिसेन्ट' लेखेका भट्टराईले कार्यव्यस्तताका कारण बैठकमा नगएको बताए पनि पार्टीले लिएको 'जनविद्रोहको कार्यदिशाप्रति सांकेतिक विरोध' जनाउन अनुपस्थित रहेको उनीनिकट स्रोतले बतायो । बैठकमा भट्टराई पक्षका अन्य केही नेतासमेत सहभागी भएनन् ।

    शनिबार अपराह्न भएको संसदीय दलको बैठकमा अन्य शीर्ष नेताहरू सहभागी थिए । आइतबार सुरु हुने विशेष अधिवेशनबारे निर्णय गर्न बोलाइएको उक्त बैठकमा सभासदहरूलाई अनिवार्य उपस्थितिको निर्देशन थियो । माओवादीको समावेदनमा अधिवेशन हुन गइरहेका बेला भट्टराई पक्ष उपस्थित नहुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी मुख्य सचेतक पोस्टबहादुर बोगटीले बैठकमा सहभागी हुन उपाध्यक्ष भट्टराईलाई पटक-पटक फोन गरेका थिए । अन्तिम समयमा भट्टराईले आउन नभ्याएको जानकारी उनलाई गराएका थिए । बैठक संसदीय दलका नेता एवं पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा बसेको थियो ।

    भट्टराई पक्षका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, भट्टराई पत्नी एवं पोलिटब्युरो सदस्य हिसिला यमी र सभासद खिमलाल देवकोटा पनि बैठकमा गएनन् । 'म पार्टीको अन्य कार्यक्रममा व्यस्त भएकाले बैठकमा जान भ्याइनँ,' रायमाझीले कान्तिपुरसँग भने, 'बैठकमा नजाने नीति होइन ।'

    दलको बैठक भइरहेका बेला यमी वसन्तपुरको ज्यापू समुदायको कार्यक्रममा थिइन् । 'पार्टीकै काममा रहेकाले बैठकमा जान नसकेको हो,' उनको भनाइ थियो । माओवादीनिकट बुद्धिजीवी संगठनका अध्यक्ष एवं सभासद देवकोटाले आफू संघीयतासम्बन्धी कार्यक्रममा सहभागी भई विदेशबाट ढिला आएकाले बैठकमा सहभागी हुन नसकेको जनाए ।

    दाहाल र वैद्यको कार्यदिशाप्रति असहमत भएकाले भट्टराई र उनी पक्षधर प्रमुख नेताहरू बैठकमा नगएका हुन् । तर भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले पार्टीको काममा व्यस्त भएकाले बैठकमा जान नपाएको जानकारी दिए । 'पार्टीको काममा व्यस्त हुनुभएकाले उहाँ -भट्टराई) संसदीय दलको बैठकमा जान सक्नुभएन,' पाण्डेले कान्तिपुरसँग भने, 'अन्य कारण केही होइन ।'

    संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेका बेला भट्टराई आफ्नो सानेपा निवासमा कार्यकर्तासँग भेटघाट गरिरहेका थिए । केही समययता उनले आफ्ना पार्टीका कार्यकर्ता, अन्य पार्टीका नेता र बुद्धिजीवीसँगको भेटलाई मुख्य कामका रूपमा राखेको उनका सहयोगीले बताए ।

    'विशेष अधिवेशनको पूर्वसन्ध्यामा भएको संसदीय दलको महत्त्वपूर्ण बैठकमा बाबुरामजी उपस्थित नहुनु सामान्य होइन,' दाहालनिकट एक नेताले भने, 'यो विरोधको तरिका होला ।'

    संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले भट्टराई असन्तुष्ट भई

    बैठकमा नआएको बताए । 'बाबुरामजी बाटोमा आउँदाआउँदै ढिला भएर

    बैठकमा सहभागी हुन नसकेको जानकारी त्यतिबेलै पाएका थियौं,' उनले भने, 'अन्य कारणले होइन ।'

    No comments:

    Post a Comment

    The next...