"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

यौन आनन्दका लागि पाक्क्रीडा

यौन आनन्दका लागि पाक्क्रीडा

रोजिन शाक्य
शाक्य

१६ औँ शताब्दीमा लेखिएको अकबरको आत्मकथामा पनि फोरप्लेका बारेमा उल्लेख छ। उक्त आत्मकथाअनुसार अकबर जब आफ्नी रानी जोधाबाईका  साथमा शयनकक्षमा हुन्थे त्यतिबेला कक्षबाहिर सितार, सन्तुर र अन्य वाद्ययन्त्र बिस्तारै बजाइन्थ्यो जुन अकबर र जोधाको रतिक्रियाभन्दा पहिलेको  पाक्क्रीडामा धेरै हदसम्म सहायक हुन्थ्यो। यस्तै शिक्षाका लागि हरेक राजघरानामा धाई आमाहरू राखिएको पनि उल्लेख छ। चिकित्सकहरूका अनुसार  शरीरमा श्राव हुन फोरप्ले आवश्यक छ। स्त्री अंगहरू, युरेथ्रा, भेजाइना, युरोजेनिटल सिस्टममा यसबाट उत्तेजना सञ्चार हुन्छ। यो सहवासको दृष्टिकोणले  पनि आवश्यक छ। पुरुष अंगमा पनि खिचाव र श्रावका साथै ग्लेन्डबाट फोएटिस शुक्राणुको यात्रा पनि पाक्क्रीडाका समयमा प्रारम्भ हुन्छ। यो शिशुको  प्रजननमा सहायक हुन्छ।



वात्सायनद्वारा लिखित पुस्तक कामशास्त्र आज पनि आधुनिक औषधी विज्ञानका लागि प्रेरणाको स्रोत मानिन्छ । आधुनिक यौनविशेषज्ञहरू पनि  कामसूत्रलाई यौन विज्ञानको जननी मान्छन् । वात्स्यायनले कामशास्त्रमा स्पष्ट शब्दमा लेखेका छन्- 'सम्भोग जीवनको आवश्यकता मात्र होइन अनिवायर् ता पनि हो । सम्भोगको अर्थ स्त्री र पुरुषको शारीरिक सम्बन्धबाट परम आनन्द प्राप्ति हो । सम्भोग प्रजननको स्रोत हो । यसले तन-मनका कैयन्  विकारलाई समाप्त गर्छ ।' यही परम आनन्दलाई आज स्वास्थ्य विज्ञानमा चरम सुख भनिन्छ । चरम सुखसम्म पुग्न पाक्क्रीडाको आवश्यकता हुन्छ ।  पाक्क्रीडा अर्थात् सम्भोगपूर्व गरिने प्रक्रिया जस्तैः प्रेमपूर्ण रोमान्टिक संवाद, आपसी छेडछाड, स्पर्श, चुम्बन, आलिंगन एवं शरीरका हरेक अंगको प्रेमपूर्ण  स्पर्श । पाक्क्रीडाले सम्भोगको आनन्दलाई कैयन् गुणा बढाउँछ । यौनविशेषज्ञहरूका अनुसार यो शारीरिक आवश्यकता पनि हो । सम्भोग र पाक्क्रीडाका  बीचको सम्बन्ध तथा त्यसको आवश्यकता महत्त्वपूर्ण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

स्त्री रोग विशेषज्ञहरूका अनुसार युवापुस्तामा यौनप्रति बढ्दो अरुचिले विश्वभरका समाजशास्त्रीलाई समस्यामा पारेको छ । विशेषगरी विकसित देशका  युवाहरूमा विकसित हुँदै गएको महत्त्वाकांक्षा, बढी सम्पत्ति आर्जन गर्ने चाहना एवं महिलाहरू कामकाजी हुनु आदि यौनप्रति अरुचिका प्रमुख कारण हुन् ।  दिनचर्याको व्यस्तताले उनीहरूलाई शारीरिक एवं मानसिक रूपले यति थकित तुल्याउँछ कि जब दम्पती सम्भोगका लागि ओछ्यानमा पुग्छन्, तब  उनीहरू या त सुतिहाल्छन् वा हतारमा प्रक्रिया पूरा गर्नतर्फ लाग्छन् । यसले गर्दा पति-पत्नीका बीचको मनोवैज्ञानिक एवं शारीरिक सामिप्यता जन्मन  पाउँदैन र उनीहरू भावनात्मक बन्धनमा पनि बाँधिन सक्दैनन् । पाक्क्रीडा अर्थात् शारीरिक स्पर्श, आलिंगन, चुम्बन र गुप्ताङको स्पर्शबाट शरीरमा एक  प्रकारको श्राव हुन्छ, जसले गुप्ताङलाई रसिलो बनाउँछ र सम्भोग क्रिया पीडारहित एवं आनन्ददायक बन्न पुग्छ । पाक्क्रीडाले पुरुष अंगलाई सशक्त  बनाउनुका साथै नारी अंगलाई पनि सम्भोगका लागि तयार बनाउँछ । यसले सम्भोगपछि उत्पन्न हुने शुक्रकीटलाई सुरक्षित रूपमा गर्भाशयमा पुर्‍याउन  र गर्भधारण गर्न मद्दत गर्छ । पुरुष जब कुनै महिलासँग प्रेमाशक्त भएर कुराकानी गर्छ तब उसको रागरसमा उथलपुथल देखापर्छ र उत्तेजनात्मक द्रव्य  प्रवाहित हुन थाल्छ । यसले मस्तिष्कमा गएर यौनप्रतिको इच्छा जागृत गर्छ । यो एउटा स्वभाविक प्रक्रिया हो ।

क्यालिफोर्निया विश्वविद्यालयको बायोलोजी विभागाध्यक्ष डा. विलियम ओबोनाको चर्चित पुस्तक फोरप्लेः द वार्मिङ प्रोसेस' मा पाक्क्रीडाका सम्बन्धमा  विस्तारपूर्वक उल्लेख गरिएको छ । उक्त पुस्तकमा उल्लेख भएअनुसार यौन प्रक्रियालाई तीन प्रमुख भागमा बाँडिएको छ । पहिलो पाक्क्रीडा अर्थात् पूर्व  क्रिया, दोस्रो सम्भोग अर्थात् चरमबिन्दु र तेस्रो हो स्खलन अर्थात् चरमसुख । डा. ओबनाका अनुसार जति धेरै विस्तृत पाक्क्रीडा हुन्छ, चरमसुख  प्राप्तिको सम्भावना त्यति नै बढी हुन्छ । २८ वर्षीय नन्दा भन्छिन्- हामीलाई 'पाक्क्रीडाको महत्त्व थाहा थिएन । विवाह भएको बेला म १७ वर्षकी थिएँ,  मेरा श्रीमान् २० वर्षका थिए । हामीलाई सेक्सको ज्ञान सम्भोगसम्म मात्र थियो । नेटमा सर्फ गर्ने क्रममा हामीले पाक्क्रीडाका बारेमा जान्यौँ । कैयन्  ज्ञानबर्द्धक कुरा र भिडियो क्लिपका माध्यमबाट हामीले पाक्क्रीडाका सम्बन्धमा ज्ञान हासिल गर्‍यौँ र त्यसलाई प्रयोग पनि गर्‍यौँ । जसमा हामी सफल  भयौँ ।'

तीस वर्षीया समिता गृहिणी हुन् र एक व्यवसायीकी श्रीमती । उनीहरूको विवाह भएको ६ वर्ष भैसकेको छ । समिताका अनुसार 'उनीहरूका बीच  नियमित सम्बन्ध छैन तर सफल सम्बन्ध भने छ । उनीहरूको दुई वर्षीय छोरा पनि छ । केही समय यता मेरा केही साथीले जब चरमसुखका बारेमा  बताए र त्यसको सुखद अनुभवका सम्बन्धमा जानकारी दिए तब मलाई लाग्यो कि मलाई त्यो सुखद् अनुभव पछिल्लो छ वर्षमा छ-सात पटकभन्दा बढी  भएको छैन । उक्त कुरा मैले आफ्ना श्रीमान्लाई बताएँ । यसले उनलाई धेरै हदसम्म चिन्तित तुल्यायो । हामीबीचको सम्बन्ध बिग्रन पुग्यो । मेरो सुख र  सन्तुष्टिको प्रश्नमा उनी बढी तनावग्रस्त हुन थाले र सम्बन्ध नै तनावग्रस्त भयो । चरमसुखको कुराले आफ्नो सम्बन्ध बिगि्रएकामा म अहिले पश्चात्ताप  गरिरहेकी छु ।'

१६ औँ शताब्दीमा लेखिएको अकबरको आत्मकथामा पनि यौनका बारेमा उल्लेख छ । उक्त आत्मकथाअनुसार अकबर जब आफ्नी रानी जोधाबाईका  साथमा शयनकक्षमा हुन्थे त्यतिबेला कक्षबाहिर सितार, सन्तुर र अन्य वाद्ययन्त्र बिस्तारै बजाइन्थ्यो जुन अकबर र जोधाको रतिक्रियाभन्दा पहिलेको  पाक्क्रीडामा धेरै हदसम्म सहायक हुन्थ्यो । यस्तै शिक्षाका लागि हरेक राजघरानामा धाई आमाहरू राखिएको पनि उल्लेख छ । चिकित्सकहरूका अनुसार  शरीरमा श्राव हुन पाक्क्रीडा आवश्यक छ । स्त्री अंगहरूमा पाक्क्रीडाबाट उत्तेजना सञ्चार हुन्छ । यो सहवासको दृष्टिकोणले पनि आवश्यक छ । पुरुष  अंगमा पनि खिचाव र श्रावका साथै अण्डकोषबाट निस्कने वीर्यमा शुक्राणुको यात्रा पनि पाक्क्रीडाका समयमा प्रारम्भ हुन्छ । यो शिशुको प्रजननमा  सहायक हुन्छ । यौन विज्ञानका दृष्टिकोणमा पाक्क्रीडा त आवश्यक छ नै, भावनात्मक दृष्टिकोणबाट पनि पति-पत्नीलाई एक सूत्रमा बाँध्न त्यत्तिकै  आवश्यक छ ।

No comments:

Post a Comment

The next...