"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

पारसलाई बन्दुक किन प्यारो ?

अश्विनी कोइराला

पटक-पटक गोलीकाण्डमा बद्नाम हुँदै आएका पारसले यसअघि एभरेस्ट होटलमा गोली चलाएका थिए। मदिरा पिएर गार्डलाई कुटेको थाहा पाएपछि तत्कालीन युवराज्ञी हिमानी पारसलाई लिन त्यहाँ पुगेकी  थिइन्। त्यतिबेला आफ्नो पार्टीमा श्रीमतीले हस्तक्षेप गरेको रिसमा पारसले जथाभावी गोली प्रहार गरेको बताइएको थियो। उक्त गोली प्रहारबाट कोही घाइते नभए पनि होटलले करिब पाँच लाख रुपैयाँ  बराबरको क्षति बेहोर्नुपरेको थियो। त्यसको केही समयअघि बुवा ज्ञानेन्द्रका व्यवसायिक साझेदार प्रभुशमशेरका छोरा सिद्धार्थ राणालाई पनि त्यही होटलको ग्यालेक्सी डिस्कोमा मदिरा पिएको अवस्थामा कुटपिट  गरेको कुरा बाहिर आएको थियो।



संसद्बाट राजतन्त्रको औपचारिक बिदाइको घोषणा भएको केही महिनापछि बिरक्तिएर नेपाल छाडेका पूर्वयुवराज पारस लगातार चर्चामा छन् । सिंगापुरमा वीरेन्द्रको वंश नाश हुनुमा दीपेन्द्र मात्र होइन, स्वयं  राजा वीरेन्द्र दोषी रहेको अन्तर्वार्ता दिएर सार्वजनिक चर्चामा आएका पारस वैवाहिक जीवनको खटपटीपछि फेरि चर्चामा आए । हिमानीको नेपाल बस्ने तथा पारसको नेपाल नबस्ने विवादले उग्ररूप लिूदा  हिमानी-पारस सम्बन्ध पारपाचुकेको अवस्थासम्म पुगेको बताइयो । यद्यपि पारिवारिक हस्तक्षेपपछि पारस सिंगापुर छाड्न राजी भए । बाहिर देखिएअनुसार पारस नेपाल र्फकनेबित्तिकै उनको वैवाहिक सम्बन्ध  पुनः सामान्य भयो ।

पारस शाह नेपाल फर्किएको केही समयपछि पूर्वयुवराज्ञी हिमानीको नाममा ट्रस्ट खुल्यो । जसलाई कतिपयले पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा सक्रिय हुन खोजेको रूपमा लिए । यद्यपि यसको भित्री आशय  पारसको छवि उजिल्याउनु नै थियो । प्रारम्भमा दोलखा जिल्लाका केही गाविसमा खानेपानी तथा स्वास्थ्यसम्बन्धी काममा हिमानी सक्रिय भए पनि पारस योजनामुताबिक क्रमशः सक्रिय हुन थाले ।  राजवादीहरूकै सल्लाहअनुसार पारस विभिन्न धार्मिक कार्यक्रममा सरिक भए । मुस्ताङदेखि जनकपुर हुँदै विभिन्न धार्मिक कार्यक्रममा सक्रिय हुन थालेका पारसले अचानक चितवनको टाइगर टप्स रिसोर्टमा  परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीको कञ्चटमा रिभल्बर राखेर सुट गर्ने धम्की दिएपछि छवि उजिल्याउने ती सबै योजना भताभुङ्ग भएका छन् ।

पारस प्रहरीको घेरामा परे । पहिले सुरक्षा दिन खटिने प्रहरीले गृहमन्त्रीको आदेशपछि पारसलाई नियन्त्रणमा लियो । उनलाई सुरक्षा दिइरहेका प्रहरी एवं सेनालाई फिर्ता बोलाइयो । बितेका दुई दिन टाइगर  टप्स रिसोर्टमा भएको भनिएको विवाद एवं हवाई फाइरिङका बारेमा सोधपुछ गरिएको थियो । गत मंगलबार उनीमाथि चितवन प्रहरी कार्यालयमा परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ पारस शाहमाथि  ज्यान मार्ने उद्योग गरेको एवं अवैध हतियार राखेको गरी दुईवटा मुद्दा दर्ता भएका छन् । नेपालको इतिहासमा राजपरिवारसँग सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको यो पहिलो घटना भएको छ । हवाई  फाइरिङ काण्डपछि पोखरा पुगेका पारसलाई यही घटनाको बयान लिन प्रहरीले चितवन ल्याएको थियो । समाज सेवा गर्न गत साता काठमाडौंबाट हिँडेका पारस अन्ततः अभियुक्तमा परिवर्तन भए ।

पटक-पटक गोलीकाण्डमा बद्नाम हुँदै आएका पारसले यसअघि एभरेस्ट होटलमा गोली चलाएका थिए । मदिरा पिएर गार्डलाई कुटेको थाहा पाएपछि तत्कालीन युवराज्ञी हिमानी पारसलाई लिन त्यहाँ पुगेकी  थिइन् । त्यतिबेला आफ्नो पार्टीमा श्रीमतीले हस्तक्षेप गरेको रिसमा पारसले जथाभावी गोली प्रहार गरेको बताइएको थियो । उक्त गोली प्रहारबाट कोही घाइते नभए पनि होटलले करिब पाँच लाख रुपैयाँ  बराबरको क्षति बेहोर्नुपरेको थियो । त्यसको केही समयअघि बुवा ज्ञानेन्द्रका व्यवसायिक साझेदार प्रभुशमशेरका छोरा सिद्धार्थ राणालाई पनि त्यही होटलको ग्यालेक्सी डिस्कोमा मदिरा पिएको अवस्थामा  कुटपिट गरेको कुरा बाहिर आएको थियो । दरबार हत्याकाण्डको एक वर्ष नबित्दै पारसको गाडी गौशालास्थित होटल द्वारिकाजअघि दुर्घटनाग्रस्त भएको थियो । उनी त्यसबेला भर्खरै युवराज घोषित भएका  थिए । त्यसो त दरबार हत्याकाण्डअघि नै पारसको गाडीले संगीतकार प्रवीण गुरुङलाई किचेको थियो । उक्त गाडी तत्कालीन अधिराजकुमार पारसले अत्यधिक मदिरा पिएर चलाएको आरोप लागेको थियो ।  उक्त दुर्घटनामा संगीतकार गुरुङले ज्यान गुमाएका थिए । गएका एक दशकको रेकर्ड हेर्ने हो भने पारसले आधा रातमा अनियन्त्रित रूपमा गाडी चलाउने, पटक-पटक गाडी दुर्घटना गराउने, उनको गाडीलाई  साइड नदिने चालकलाई हिर्काउने, आफूलाई नचिन्ने प्रहरीलाई बन्दुक तेर्साउने गरेका घटना बारम्बार सार्वजनिक भैरहेको देखिन्छ ।

बन्दुक नै किन प्यारो ?

दरबार हत्याकाण्डपछि विभिन्न आयोगले दरबारका तत्कालीन पदाधिकारीहरूलाई बन्दुकबाट टाढा राख्न सुझाव दिएको थियो । हुन पनि करिब २ हजार १ सय सैनिकको घेरामा बसेको तत्कालीन  राजपरिवारका लागि बन्दुक सजिलै प्राप्त गर्न सकिने हतियार थियो । सानैदेखि बन्दुक पड्काएको देख्ने राजपरिवारका पुरुष सदस्यले १८ वर्षको उमेरमा सैनिक तालिम लिएपछि बन्दुक बोक्न पाउँथे ।  राजपरिवारमा विवाहित महिलाहरूले पनि पेस्तोल बोक्न पाउने अधिकार थियो । मानिस मार्दा पनि कानुन नलाग्ने तत्कालीन परिवेशमा बन्दुक उनीहरूका लागि खेलौनाजस्तै मानिन्थ्यो । त्यसभन्दा पनि  महत्त्वपूर्ण कुरा पारसले तत्कालीन युवराज दीपेन्द्रसँगको संगतमा सानैदेखि मदिरा एवं अन्य नसालु पदार्थ खान सिकेको दाबी दरबारनिकटहरूको छ ।

दीपेन्द्रले रक्सी र ड्रग्स सेवनकै अवस्थामा आफ्ना अभिभावक एवं भाइ-बहिनीको हत्या गरेको अहिलेसम्मका अनुसन्धानहरूले देखाएका छन् । पारस एवं तत्कालीन युवराज दुवै मिलेर नाम नखुलेको कालो  पदार्थ (ड्रग्स) खाने गरेको तत्कालीन दरबारका कर्मचारीहरूले दरबार हत्याकाण्डको सिलसिलामा लिइएको बयानमा बताएका थिए । हुन पनि चारैतिर बन्दुक र नसाको बिगबिगी भएको दरबारमा उनलाई यी  वस्तु सहज उपलब्ध थिए । बन्दुक र नसाको लतमा परेका पारसले सानैदेखि आफू कानुनभन्दा माथि पाए ।

दरबार हत्याकाण्डपछि केही समय हतियारबाट टाढा राखिएका पारसले युवराजधिराज घोषणा भएपछि फेरि बन्दुक बोक्ने अधिकार पाए । जीवनका ४० वसन्त यही परिवेशमा हुर्किएका पारस गणतन्त्र आएपछि  पनि बन्दुकको मोहबाट टाढा हुन सकेनन् । नागरिक भैसकेका पारसले खरखजना ऐनअन्तर्गत बन्दुक बोक्न पाउँदैनन् । उनले बन्दुक बोक्ने लाइसेन्स पनि लिएका छैनन् । यद्यपि सानैदेखि बन्दुकसँग खेल्न  अभ्यस्त पारसको कमजोरी तीव्र ड्राइभिङ, मदिरा एवं बन्दुक मानिन्छ । एक दशकयता पारसले जति पनि सडक वा बन्दुक दुर्घटना गराएका छन्, ती सबै घटनामा उनले मदिरा सेवन गरेको पाइएको छ ।

अरू बेला शान्त एवं भलाद्मी व्यवहार गर्ने तत्कालीन युवराज पारस मदिरा सेवनपछि भने अनियन्त्रित हुने, तीव्र सवारीसाधन चलाउने एवं दुर्घटना गराउने गरेको पाइन्छ । मदिरा सेवन गरेकै अवस्थामा  एभरेस्ट होटलमा उनले गोली चलाएका थिए भने त्यही अवस्थामा उनको सडक दुर्घटना पनि भएको थियो । उनले पाँचतारे होटलका विभिन्न पार्टीमा धेरैलाई हातपात गरेका थिए । मदिरा खाएकै अवस्थामा  भएका ती घटनालाई पीडितहरूले मात्र होइन, सरकारी संरचनाहरूले नै ढाकछोप गर्थे । परराष्ट्रमन्त्री सुजाता कोइरालाको ज्वाइू रुबेल चौधरीमाथिको आक्रमण पनि त्यही प्रवृत्तिको निरन्तरता थियो । यद्यपि  देशमा गणतन्त्र आएका कारण पहिलोपटक यो घटनाले ठूलो रूप लिएको छ ।

अत्यधिक धूमपान एवं मध्यपान सेवन गरेकै कारण युवा अवस्थामै पारसलाई मुटुको रोग लागेको छ । मुटुमा अत्यधिक पीडा भएपछि दुई महिनाअघि पारस नर्भिक अस्पताल भर्ना भएका थिए । चिकित्सकह रूले उनलाई धूमपान छाड्न र मदिरा कम पिउन सल्ल्ााह दिएका थिए । यद्यपि न त उनले धूमपान छाडे न त मध्यपान नै कम गरे । अन्ततः पारसले रुबेल चौधरीको कञ्चटमा पेस्तोल राखे । उनले  बंगलादेशी नागरिक रुबेलमाथि मार्ने धम्की मात्र दिएनन्, चार राउन्ड हवाई फायरसमेत गरे ।

रुबेलले राजतन्त्र र राजपरिवारका सदस्यको आलोचना गरेपछि आफूले सहन नसकी हवाई फायर गरेको प्रेस विज्ञप्तिमार्फत बताएका छन् । यद्यपि प्रहरीलाई दिएको बयानमा आफूले गोली नचलाएको एवं  आफूसँग कुनै हतियार नभएको बताएका छन् । उनले आफ्ना सहयोगी वकिलहरूको सल्लाहमा बयान फेरेको अनुमान गरिएको छ । यता रुबेलले भने आफूलाई बन्दुक तेर्साएको, स्वर्गीय नेता गिरिजाप्रसाद  कोइरालालगायत आफ्नी सासू सुजाता कोइरालाई जथाभावी गाली गरेको बयान प्रहरीलाई दिएका छन् । परराष्ट्रमन्त्री सुजाता कोइरालाको मण्डीखाटारस्थित घरमा प्रहरीलाई दिएको बयानपछि पारसमाथि  दुईवटा मुद्दा दर्ता भएको बताइएको छ । देशमा कानुनको शासन छ भन्ने देखाउन पनि सरकारले पारसलाई केही न केही कारबाही गर्ने अनुमान गरिएको छ ।

को हुन् रुबेल चौधरी ?

बंगलादेशी नागरिक रुबेल चौधरीको मुख्य बसोबास बेलायत हो । आमा-बुवाबाहेक उनका परिवारका अधिकांश सदस्य बेलायती नागरिक हुन् । उनको प्रारम्भिक शिक्षा बंगलादेशमा भए पनि उच्च शिक्षा बे लायतमै भएको थियो । बेलायतको कलेजमा अध्ययन गर्दागर्दै सुजाताकी छोरी मेलानीसँग उनको चिनजान भएको थियो ।

तीनवर्षे चिनजानपछि रुबेल र मेलानीबीच पाँच वर्षअघि विवाह भएको थियो । विवाहअघि उनले आफू बंगलादेशको सबैभन्दा धनी एवं बंगलादेशको राजनीतिमा गहिरो प्रभाव पार्ने परिवारको सदस्य भएको  बताएका थिए । मेलानीसँग विवाह गर्नकै लागि उनले बेलायतबाट निस्कने एउटा पत्रिकामा आवरण तस्बिर प्रकाशित गराएर मेलानीमार्फत कोइराला परिवारका सदस्यहरूलाई बाँडेका थिए । नेपालको  राजनीतिको केन्द्रमा रहेको कोइराला परिवारलाई प्रभावमा पार्न उनले आफूलाई युरोपमा ठूलो बिजनेस हाउसको प्रमुख सेयर होल्डरका रूपमा प्रस्तुत गरेका थिए तर ती सबै झूटको पोल त्यसबेला खुल्यो  जब उनको विवाहमा रुबेलमा बुवा-आमा सामेल भए । पारिवारिक सदस्यहरूको कुराकानीमा चौधरी दम्पतीले आफूहरू ढाकाको मध्यमबर्गीय परिवार भएको र छोरालाई दुःख गरेर लन्डन पठाएको कुरा  बताएका थिए । त्यसलगत्तै पत्रिकामा प्रकासित रुबेलको आवरण तस्बिर नक्कली भएको कुरा रहस्योद्घाटन भयो । उनले त्यसबेला चर्चित पत्रिकाको मास्क हेड प्रयोग गर्दै आवरण पृष्ठ डिजायन गरेर स्टोरी  तयार पारी त्यसको फोटोकपी कोइराला परिवारलाई उपलब्ध गराएको अनुमान स्वयं कोइराला परिवारका सदस्यहरूको छ किनभने कुनै पनि हैसियत नभएका रुबेलको तस्बिर कभरमा छापिनुपर्ने कुनै कारण  थिएन । वास्तविक कुरा बुझ्न केही समयपछि ढाका पुगेका कांग्रेस नेता लक्ष्मण बस्नेतले पनि मेलानीसँग विवाह गर्नकै लागि रुबेलले आफ्नो हैसियत बढाएर प्रस्तुत गरेको जानकारी पाएको बताइन्छ ।

'यति हुँदा-हुँदै पनि रुबेलसँग मानिसलाई आफ्नो बनाउने विशेष गुण छ ।' रुबेलसँग लामो समय बिताएका एक सदस्यले भने, 'प्रेम पाउन र शक्तिशाली पारिवारको साथ पाउन केही झूट बोल्नु सामान्य हो ।  व्यवहारमा उनी असल मानिस हुन् ।' विवाहको केही समयपछि नै नेपाल बस्न थालेका रुबेल त्यसयता आफ्नो 'ठूलो बिजनेस' गर्न बेलायत फर्किएका छैनन् । बरु उनी विगत ४ वर्षदेखि पासपोर्ट रिन्यू गर्दै  मण्डिखाटारस्थित सासू सुजाताको घरमा बस्दै आएका छन् । बेलायत वा बंगलादेश किन नफर्किएको भनेर सोध्नेहरूलाई उनी हाँसी-हाँसी एक्ली सासूलाई आफूजस्तो छोराको खाँचो भएकाले नेपालमै बसेको  जबाफ दिन्छन् । जानकारहरूका अनुसार उनी कहिलै ज्वाइूका रूपमा व्यवहार गर्दैनन् बरु कांग्रेस कार्यकर्ताझैं कोइरालाको घरमा आएका पाहुनासँग चिसो-तातो तथा नजिकका कार्यकर्तासँग खर्च-पानीको  समस्या सोधपुछ गर्छन् । मेलानी सुत्केरी भएयता उनी आमा सुजातासँगै बस्न थालेका कारण पनि रुबेल श्रीमतीको साथ लागेर मण्डीखाटार सरेको बताइन्छ ।

कोइराला परिवार लगातार शक्तिमा रहेका कारण रुबेलले नेपाल नछाडेको अनुमान गरिन्छ । रुबेलले परराष्ट्रमन्त्री सुजाता कोइरालाको शक्तिकै आधारमा रातो पासपोर्ट बोक्ने गरेको आरोप पनि छ । यद्यपि  त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । ३६ वर्षीय रुबेलमाथि नेपाल प्रहरीको सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारमा सहयोग गरेको आरोप लाग्दै आएको छ । त्यसैगरी विभिन्न ठेक्कापट्टा मिलाउने  काममा पनि उनको रुचि भएको बताइन्छ । कालो कलरको किया स्पोर्टेज गाडी चढ्ने रुबेलको आम्दानीको स्रोतमाथि शंका गर्नेहरू पनि उत्तिकै छन् । नेपालमा उनी सुष्मा कोइराला मेमोरियल ट्रस्टको  सल्लाहकारका हैसियतमा रहँदै आएका छन् ।

No comments:

Post a Comment

The next...