"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

आकर्षण नारी देहको

रोजिन शाक्य

मित्रता र प्रेम सम्बन्ध युवापुस्ताका लागि जीवनशैलीको अभिन्न बन्न पुगेको छ । प्रेमीसितको डेटिङका लागि आफूलाई तयार गर्दा कुनै पनि युवती आफू कुनै पनि कोणबाट विश्व सुन्दरी वा स्वर्गकी  अप्सराभन्दा कम नदेखिऊँ भन्ने कुरामा सचेत छन् । पहिलो डेटमा जाँदा कस्तो पहिरन लगाउने, कस्तो केश विन्यास वा मेकअप अँगाल्ने भन्ने अनेकौँ जानकारी दिने पुस्तक, लेखरचना तथा वेबसाइटहरू  छन्, तर विज्ञानमा आधारित रिसर्चमा जुन जानकारी, तथ्य अगाडि आइएको छ त्यसका अनुसार लालीपाउडर, परफ्युम आदिमा समेटिएको सुन्दरताको साटो आफू जस्तो छ, जुन रूपमा छ, त्यही  वास्तविकताका साथ आफ्नो प्रेमी सामु पुगे प्राकृतिक सुन्दरताको जादु प्रेमीमाथि चल्नेछ र त्यसको प्रभाव स्थायी हुन्छ ।

प्राकृतिक सुन्दरता

भियनामा गरिएको एक अनुसन्धानअनुसार केही युवती कृत्रिम रुपबाट तयार उत्तेजित देह एवं मनमोहक हाउभाउको सहारामा आफ्ना प्रेमीलाई आफूतिर आकषिर्त गर्न सक्षम हुन्छन् । आफ्नो मोहजाल बाँध्न  सफल हुन्छन्, तर यो नक्कली सौन्दर्यको मायाजाल लामो समयसम्म कायम रहन सक्दैन । त्यसैले यस्ता युवतीको आकर्षण तिनको प्रेमीबाट केही समयपछि नै हटेर जान्छ । कारण युवकहरूलाई देखावटी  बाहिरी रूप तथा बनावटी सौन्दर्यमा लामो समयसम्म बाँधेर राख्न सकिँदैन ।

बनावटी रूपमतीहरू

अस्ट्रेलियाली मनोवैज्ञानिक-हरूले आफ्नो अनुसन्धानबाट सावित गरेका छन् कि युवकहरूलाई नक्कली उभार र कलर्ड केशले बढी समयसम्म आकषिर्त गर्न सकिँदैन । वास्तवमा प्राकृतिक सुन्दरता चाहे काम  चलाऊ नै किन नहोस् त्यसका अगाडि कृत्रिम सुन्दरता टिक्न सक्दैन । बनावटी सुन्दरताका धनी युवतीको मोहमा फसेका युवकहरूलाई त्यतिबेला होस आउँछ जतिबेला तिनले जुन युवतीलाई ताजा फूल  मानेका थिए तर तिनीहरू कागजको फूल भएको सत्य अगाडि आउँछ । तिनमा न आफ्नो रंग हुन्छ न त आफ्नो सुगन्ध नै । युवकहरू यस्ता बनावटी सुन्दरता भएका युवतीसित लामो समयसम्म बाँधिन सक्दैनन् ।

उक्त अनुसन्धानका आधारमा वैज्ञानिकहरू भन्छन्- युवक ब्रेस्ट इम्प्लान्टजस्ता प्रविधिबाट प्राप्त आकर्षण र सेक्सी देखिने उभारबाट केही समयसम्म त बाँधिन्छ तर दीर्घकालीन सम्बन्धका लागि युवकहरू ती  युवतीलाई नै रोज्छन् जो प्राकृतिक रूपबाट सुन्दर अंगका स्वामिनी हुन्छन् । अस्ट्रेलियाली यौनगणनाबाट प्राप्त तथ्यांकअनुसार ५० प्रतिशत युवतीले यो कुरामा गहिरो अफसोच गरेको पाइयो कि सुन्दर र  कामुक देखिन आफूले गरेको ब्रेस्ट इन्प्यान्टले लामो समयसम्म तिनका ब्वायफ्रेन्डलाई आफूसित बाँधेर राख्न सफल भएन । कारण तिनका ब्वायप|mेन्डले ब्रेस्ट इन्प्लान्टलाई उनीहरूको व्यक्तित्वको सबैभन्दा  ठूलो माइनस प्वाइन्ट भएको बताए ।

देह सुगन्ध

फ्लोरिडा स्टेट युनिभर्सिटीका रिसर्चरहरूका अनुसार युवतीहरू आफ्नो प्रेमीलाई रिझाउन फेसनेबल वर्षमा एक अर्ब डलरसम्म परफ्युम र बडीलोसन खरिद गर्नमा खर्चन्छन् । संसारभरका युवतीहरूका  अनुसार युवक महँगा परफ्युम र बडीलोसनको गन्धलाई अत्यन्तै रुचाउँछन् । अतः युवतीहरू फरफ्युम र बडी लोसन खरिद गर्दा कुनै कन्जुस्याइँ गर्दैनन् । यस्ता सरसामानलाई आफ्नो प्रेमी रिझाउने एक  भरपर्दो माध्यम सम्झेर उनीहरू यी कुराको खरिदमा दिल खोलेर खर्च गर्छन् । यद्यपि वास्तविकता के हो भने नक्कली सुगन्धभन्दा बढी प्रभावकारी त उनीहरूको देहको सुगन्ध नै हुन्छ ।

यो कुरालाई प्रमाणित गर्न शोधकर्ताहरूले केही युवकलाई बजारमा बहु प्रचलित परफ्युम छर्किएको केही लेडिज टिसर्ट सुँघ्न दिए । उक्त समूहका केही युवकले परफ्युम छर्किएको टिसर्ट सुँघ्न नै रुचाएनन  किनभने तिनलाई त्यो गन्ध नै मन परेन । त्यही अनुसन्धानको अर्को चरणमा ती युवकलाई सुँघ्नका लागि त्यस्ता टिसर्ट दिइयो जसलाई आफ्नो मासिक चक्रका बेला कुनै युवतीले तीन रातसम्म लगातार  प्रयोग गरेकी थिइन् । वैज्ञानिक सोल एल मिलर र जोन के मेनरले के पाए भने तीन रातसम्म कुनै युवतीले प्रयोग गरेको त्यो टिसर्ट सुँघेपछि ती युवक त्यो टिसर्टसँग आलिंगनबद्ध भए । ती टिसर्टलाई  युवकले लगातार चुम्बन गरिरहे । युवक ती टिसर्टको सुगन्धमा मस्त हुँदै गएका थिए ।

नैसर्गिक गन्ध

नारी देहको मस्त सुगन्ध युवकमाथि सवार भएको थियो । यसबाट स्पष्ट भयो कि रासायनिक सुगन्धबाट जहाँ ती युवक टाढिन खोज्दै थिए त्यही युवतीको नैसर्गिक सुगन्धले युक्त टिसर्टबाट युवकले आफूलाई  अलग्याउन सकेनन् । यी अध्ययनको निष्कर्षमा के भन्ने सकिन्छ भने बनावटी र देखावटी सुन्दरतामाथि युवतीहरूले बढी ध्यान दिनु ठीक होइन । सौन्दर्यको खानी त आफ्नै व्यक्तित्वमा लुकेको हुन्छ ।

मनमोहक रचना

साहित्यमा नारीलाई प्रकृतिको एक उत्कृष्ट र मनमोहक रचना मानिएको छ । प्रकृतिको यो सुन्दर र मनमोहक रचनासित कुनै किसिमको छेडखानी नगरी युवतीहरूले आफ्नो वास्तविक रूप र रंगका साथ,  आफ्नो ब्वायफ्रेन्डका सामु आउनु ठीक हुन्छ किनभने वैज्ञानिक सत्य त्यही हो कि युवतीहरूको प्राकृतिक सुन्दरता र नारी देहको प्राकृतिक सुगन्धले नै युवकहरूलाई बढी आकषिर्त गर्छ । यद्यपि युवतीका  मनमा बिना मेकअप कसरी आफ्नो प्रेमीसामु जाने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । बुझ्नु पर्ने कुरा के हो भने कुनै पनि युवकको मनमा स्थायी रूपमा स्थान बनाउन वास्तविक रुपरंग, सौम्य व्यवहार,  शिष्ट आचरण, सालिनता जस्ता गुणहरूकै महत्त्वपूर्ण भूमिका रहन्छ, यसको विकल्प कुनै पनि अर्थमा देखावटी सौन्दर्य हुन सक्दैन ।

No comments:

Post a Comment

The next...